काठमाडौं,फागुन ७ । नाकाबन्दी खुलेसँगै इन्धन आपूर्ति सहज हुन थालेपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सूचारु भएको छ । भूकम्प र नाकाबन्दीले १० महिनादेखि सुरुङ खन्ने काम नियमित थिएन । निर्माण सामाग्री र इन्धन आयात बढेपछि कामले गति लिन थालेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए । उनका अनुसार यसै साताबाट पूर्ण क्षमतामा काम अघि बढाउन समितिले आईतबारनै ठेकेदारलाई निर्देशन दिइसकेको छ।
इन्धन अभाव हुँदा सुन्दरीजलबाट मात्र दैनिक १० मिटर सुरुङ खन्ने काम भइरहेको छ । कारोबार दैनिकमा समाचार छ – मेलम्चीको रिबमार्गदेखि राजधानीको सुन्दरीजलसम्मको साढे २६ कोलोमिटर लामो सुरुङ खनी २०७३ बैशाखदेखि मेलम्चीको पानी राजधानीमा ल्याउने सरकारको लक्ष्य छ ।
तर, विभिन्न कारणले गर्दा तोकिएको समयमा मेलम्चीको पानी काठमाडौं ल्याउने सरकारी यजना अलपत्र पर्ने देखिएको छ ।


0 comments:
Post a Comment