काठमाडौं,फागुन ७ । पूर्व राजा ज्ञानेन्द्र शाहले गतिशीलताका लागि मार्ग प्रशस्त गरेको दाबी गरेका छन् । ६६औँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिदैपूर्वराजा ज्ञानेन्द्रले नयाँ व्यवस्थाप्रति खुलस्त असन्तुष्टि जनाएका छन् । राष्ट्र र गतिशीलताका लागि आफू पन्छिएर मार्ग प्रशस्त गरिदिए पनि नयाा व्यवस्थाले अग्रगति दिन नसकेको टिप्पणी उनले गरेका छन् । उनले भनेका छन्, ‘राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गतिशीलताका लागि मैले आफू पन्छिएर पनि मार्ग प्रशस्त गरिदिएको हुँ । तर, राष्ट्रको सर्वोत्तम समुन्नतिको आकांक्षाबाट म पृथक् छैन । दुर्भाग्यवश, नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयाा विधि एवं प्रक्रिया नेपाल र नेपालीको हित एवं अग्रगतिका निम्ति साधक सिद्ध हुन नसक्नु सबैका लागि दुःखद् हो ।’
देश गतिहीन, संवेदनहीन र विग्रहको अवस्थामा
पूर्वराजा ज्ञानेन्द्रले अहिले देशको अवस्था गतिहीन भएको र विग्रह बढेको पनि बताएका छन् । ‘अहिले देशमा गतिहीनता, संवेदनहीनता, अनेकता तथा विग्रहको अवस्था देखिएको छ । सुन्दर सपना, शान्ति तथा स्थिरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत बनेको अनुभूति मैले गरेको छु,’ उनको भनाइ छ ।
एकता र प्रजातन्त्रमा राजसंस्थाको भूमिका
पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय एकता र प्रजातन्त्रका लागि राजसंस्थाको भूमिकालाई पनि पुनस् स्मरण गर्दै भनेका छन्, ‘नेपाल राष्ट्रको एकीकरण, प्रजातान्त्रीकरण, आधुनिकीकरण एवं मुलुकको अखण्डताको संरक्षण गरी प्रजातान्त्रिक राज्यप्रणाली स्थापनाका निम्ति हामीकहाा भएको ऐतिहासिक प्रजातान्त्रिक आन्दोलन सफल बनाउन राजसंस्था र प्रजातन्त्रका निम्ति समर्पित नेपाली जनता सबैको संयुक्त प्रयत्न रहेको हो ।’ अब मिलेर अघि बढ्न पनि उनले सबैलाई आग्रह गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


0 comments:
Post a Comment