राजु रिजालको बढि उमेर नभएको भन्दै आईसीसीको क्लिन चिट

By

काठमाडौं,माघ २० । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले १९ वर्षमुनिको नेपाली टोलीका कप्तान राजु रिजाल यू-१९ विश्वकप क्रिकेटका लागि योग्य रहेको जनाएको छ । बढि उमेर भएको कुनै प्रमाण नभएको भन्दै आईसीसीले रिजाललाई उमेर विवादमा क्लिन चिट दिएको छ । अब उनकै कप्तानीमा विश्वकपका बाँकी खेल सक्ने बताएको छ । उमेरको विषयलाई लिएर उनी बंगलादेशमा भइरहेको प्रतियोगिताका लागि योग्य रहे नरहेको विवाद उत्पन्न भएको थियो । यस विषयमा आइसिसीका प्रवक्ताले नेपाल क्रिकेट एसोसिएसन क्यान, खेलाडी तथा नेपाली टोलीका व्यवस्थापकसँग कुराकानी गरेका थिए । यस्तै खेल सुरु हुनभन्दा पहिले पेश गरेको कागजात फेरि अवलोकन गरिएको तथा त्यसबाट कप्तान रिजाल प्रतियोगिताका लागि योग्य रहेको देखिएको आइसिसीले जनाएको छ ।

भारतिय खेलाडी पावरले राजु यू-१५ मा मुम्बईबाट आफूसँग राजु शर्माको नामबाट खेलेका दाबी गरेका थिए । राजु २४/२५ वर्षको भएको उनको दाबी थियो । कप्तान रिजालको पासपोर्ट तथा जन्मदर्ता प्रमाण पत्र फेरि अनुगमन गरिएको आइसिसीले जनाएको छ । कप्तान रिजाल सन् १९९६ सेप्टेम्बर २६ मा जन्मिएका हुन् । बंगलादेशमा चलिरहेको प्रतियोगितामा सहभागिताका लागि सन् १९९६ को सेप्टेम्बर १ देखि यता जन्मिएको हुनु पर्दछ ।

0 comments:

Post a Comment