राजेन्द्र महतोलाई कारबाही गर्ने मोर्चाको निर्णय

By

काठमाडौं,माघ २५ । प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग साँठगाँठ गर्दै मधेस आन्दोलनलाई धोका दिएको भन्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई कारबाही गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्णय गरेको छ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवास भक्तपुरमा सोमबार बिहान बसेको मोर्चाका शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो । महतोले वीरगन्ज नाका खोल्नु पर्ने अभिव्यक्ति दिएको भोलिपल्टै नाका खुलेपछि आक्रशित भएको मोर्चाका शीर्ष नेताको बैठक आज बसेको थियो । ५ महिनादेखि जारी नाकाबन्दी खुले लगत्तै र प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष प्रचण्ड महतोलाई बधाई दिनुभएपछि मोर्चा र महतोबीच खटपट सुरु भएको थियो ।

मोर्चा शीर्ष वैठककले महतोलाई ओली र प्रचण्डले बधाई दिनु नै साँठगाँठ रहेको पुष्टि भएको आरोप लगाएको छ । मोर्चाको जिम्मेवार नेता भएर पनि आन्दोलन तुहाउन महतोको शंंकास्पद भूमिका देखिएकोले मधेसी जनता समक्ष सार्वजनिक रुपमा माफी मागेर गल्ती सुधार्न समेत मोर्चाले महतोलाई निर्देशन दिएको छ।

0 comments:

Post a Comment