काठमाडौं,माघ १७ । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं सत्तासीन दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकल मान्यताबाट निर्देशित भई सरकार नचलाउन र संयन्त्रको विचार र निर्णयलाई सम्मान गर्दै अघि बढ्न आग्रह गरेका छन् ।
आजको अन्नपूर्ण पोष्टमा खबर छ– ओलीलाई भेट्न शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रचण्डले केही दिनयता ओलीका अभिव्यक्ति र केही कार्यबाट आफूले समेत असहजता भोग्नुपरेकाले अब महत्वपूर्ण विषयमा संयन्त्रमार्फत् अगाडि बढ्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले कहिले भारत त कहिले चीन जाने कुरा र त्यसका पूर्वसर्तबारे फरक(फरक टिप्पणी गरेपछि आफैलाई त्यसबारे आधिकारिक तथ्य के हो भन्ने स्पष्ट नभएको गुनासो उनले गरेका थिए ।
प्रचण्डले सरकारको काम कारबाही, आसन्न भारत भ्रमण, साढे चार महिनादेखिको निरन्तर नाकाबन्दी र त्यसबाट सर्वसाधारण दैनिक लगायतको विषयमा केही नीति तय गर्ने गरी उच्च स्तरीय संयन्त्रको बैठक आइतबार बस्ने बताएका थिए ।


0 comments:
Post a Comment