काठमाडौं,माघ १७ । महिनौ बित्दा पनि सरकारी सहयोग पाउने छाँट नदेखेपछि पीडितहरु अहिले घर बनाउने कि नबनाउने अन्योलमा छन्। केहीले आफ्नै नक्सा र डिजाइनमा घर बनाउन थालेका छन्। अधिकांश भने सरकारी अनुदानकै आशा गरिरहेका छन्। भूकम्पपछि अर्को वर्षात सुरु हुन लाग्दा पनि सरकारले घर बनाउने नम्सा र अनुदान नदिएको गुनासो पीडितको छ।
कान्तिपुर दैनिकमा समाचार छ-सरकारले भूकम्पपीडितको घर निर्माणको सर्वेक्षण गर्न हाल करिब ६ सय इन्जिनियर दोलखा लगायत जिल्लामा पुगेको जानकारी दिएको छ।पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले थप इन्जिनियर नियुक्त भएपछि बढी प्रभावित जिल्लामा खटाइने बताए।


0 comments:
Post a Comment