नेपाल टस हारेर भारतविरुद्व ब्याटिङ गर्दै

By

काठमाडौं,माघ १८ । यू-१९ विश्वकप क्रिकेटमा नेपाल भारत बिरुद्ध ब्याटिङ गर्दैछ ।  नेपालले तीन पटकको विजेता राष्ट्र भारतसँग टस हारेर ब्याटिङको निम्ता पाएको हो । नेपालको समूह चरणको अन्तिम खेल हो । टेष्ट मान्यता प्राप्त न्युजिल्याण्डलाई पहिलो र दोस्रो खेलमा आयरल्याण्डलाई हराएको नेपाली टोली तेस्रो खेलमा भारत बिरुद्ध उत्रने भएको हो । विश्वकप क्रिकेटमा १५ बर्षपछि क्वाटर फाइनलमा स्थान बनाएको नेपाली टोलीले न्युजिल्याण्डलाई ३२ रन र नेदरल्याण्डलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।
सन् २००० मा पहिलो पटक विश्वकप खेलेको बेलामा सुपर लिगमा पुगेको नेपाली टोली अब आज भारतलाई हराउन सके अर्को नयाँ ईतिहाँस रच्न सफल हुने छ ।

विश्वकप क्रिकेट इतिहाँसमा नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । भारतले नेपालमाथि लगाइरहेको नाकाबन्दीको समयमा आज भारत बिरुद्ध हुने खेललाई अधिकाशं नेपालीले भारतसँग नाकाबन्दीको बदला लिने फरक मौकाको रुपमा समेत हेरेका छन् । त्यसैले पनि आजको खेल अझ रोमाञ्चक हुने देखिएको छ ।

0 comments:

Post a Comment