काठमाडौं,साउन ४ । नेपालले विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसी सामु २ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर निर्धारित ५० ओभर खेल्दै २ सय १७ रन बनायो । नेपालको सुरुवात राम्रो हुन सकेन । ओपनर अनिल मण्डल आउट हुँदा टिमको स्कोर १८ रन थियो । तर, त्यसपछिका ब्याट्सम्यानले सम्हालिएर खेले ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै पारस खड्काले ३०, शरद भेषवाकारले २७, सागर पुनले २६ रनको योगदान गरेका छन् । बसन्त रेग्मीले २४, राजु रिजालले २४, सोमपाल कामीले २० रनको योगदान गरे । विनोद भने ९ रनमा आउट भए भने शक्ति गौचन शून्य रनमै अवितित रहे ।अब जवाफी ब्याटिङमा घरेलु टोली एमसिसी उत्रने छ ।


0 comments:
Post a Comment