-बबिता पोखरेल
साउन महिना १२ महिना मध्यके बिषेश महिना हो । श्रावणमासको प्रारम्भ कर्कट सक्रांतिका दिनदेखि मानिन्छ । यो महिना अङ्ग्रेजी महिनाको जुलाई र अगस्ट अगस्त आधा आधा महिनामा पर्दछ। साउन महिना बर्षाऋतुको पहिलो महिना हो । असार र साउन महिना कृषकहरुको वर्षभरिको लागी पुग्ने अन्न उब्जाउन दुःख गर्ने महिना हो । तर खेती किसानी संगै पछिल्लो समय साउन महिनामा महिलाहरुले हरियो पहिरन र चुरापोते लगाउने प्रचलन बढ्दै गएको छ ।विवाहित होस् वा अविवाहित, यो महिना सबै नारीहरुको लागि विशेष बन्ने गरेको छ । विवाहित महिला श्रीमानको दीर्घायु र परिवारको सुख, शान्ति र प्रेमका निम्ति,अविवाहित भए असल श्रीमान पाउने आशा विश्वासका साथै आर्कषण र रमाईलोको लागी हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउँने गर्दछन् । पछिल्लो समय धेरै सेलिब्रेटीहरुले पनि साउनलाई फेसनको रुपमा लिएका छन् । हुन त हरियो चुरा र मेहन्दीले सै धामिर्क महत्व बोकेको छैन तरपनि यो परम्परालाई हाम्रा पिता पुर्खादेखि मान्दै आइएको छ । मेहन्दी लगाउने फेसन भारतबारु शुरु भएको हो जुन नेपालमा बन्दैन । त्यहाँको उत्पादन र फेसनले यहाँको बजार तातेको छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । तर सबै महिलाहरुले यही विश्वासमा मेहन्दी लगाएका होइनन् ।महिलाहरुको लागि साउन महिनाको जति महत्व अनि धामिर्क विश्वास बोकेको छ त्यो भन्दा अझ बढी साउन महिनाको सोमबार महिलाहरुका लागि विशेष हुने गर्दछ । साउन सोमबार अर्थात साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ ।
साउन महिनाको सोमबार भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू र पशुपति मन्दिरमा विभिन्न ठाउबाट श्रदालु भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रही आएको छ । भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन् भने पुरुषहरू पनि पहेलो वस्त्रमा सजियर शिवको मन्दिर पूजा अर्चनाका लागी जाने गर्दछन् । सोमबार ब्रत बस्ने दिनभर भगवान् शिवको पूजा गर्ने अनि बेलुका चोखो खानेकुरा खाने जसमा विशेष गरी कर्कलो खाएर ब्रत त्यस दिनको समाप्त गर्ने गर्दछन् । शिव जस्तै वर पाउँ भनी पनि ब्रत बस्ने गरेको पाइन्छ । विवाहित महिला आफ्नो घरपरिवार र श्रीमानको स्वास्थ्य लाभको कामना गदै ब्रत बस्ने गर्दछन् भने् अविवाहित महिला राम्रो श्रीमान तथा शिवजी जस्तो वरपारउँ भनी ब्रत बस्नुको साथै आफ्नो परिवारको सुख शान्तिको कामना गर्दै ब्रत बस्ने गर्दछन् । साउन महिना भर चोखो खाएर माछामासु नखाई शुद्ध भएर बस्ने गर्दछन् भने कतिजना त लसुन प्याज तथा बिटुलो मानिने कुनै पनि खानेकुरा नखाइ पुरा १ महिना शुद्ध चोखो खाएर साउन महिना भर बस्ने गर्दछन् । यसरी १ महिना सम्म ब्रत बसेर साउन महिना मनाउने गर्दछन् । बोलबम पनि यही साउन महिनामा जाने गर्दछन् ।
नेपालमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ । मध्य युरोप, खासगरी पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपको युक्रेन लगायतका देशका क्रिस्चियनहरुमा सोमवारको दिन केटीहरु पानी-पानी हुने दिन हो । सोमवारको दिन केटाहरुले केटीहरुलाई पानीले भिजाइदिने गर्छन् । अझ आफुलाई मन परेको केटीलाई पानी छ्यापेर टाउको देखि पाइतालासम्म निथ्रुक्कै भिजाउन पाउँदा केटाहरुले जितेको सम्झिन्छन् । यस्तो संस्कारलाई वेट मण्डे अर्थात् भिजेको सोमवार भनिन्छ । भिजेको सोमवार मनाउँदा सबै पाप नष्ट हुने विश्वास गरिन्छ । वर्षैभरीका सोमवार यसरी पानीले भिजाउने खेल खेलिने भने होइन । हिन्दु महिलाहरुले साउनको सोमवारलाई विशेष रुपमा मनाउने गरेझैँ मध्य तथा पूर्वी युरोपका इसाइ धर्मावलम्बीहरुले खासगरी क्रिस्चियनहरुको पवित्र सप्ताह इस्टरको दोश्रो दिन अर्थात् इस्टर मण्डेको दिन यसरी महिलालाई पानीले भिजाउने काम गर्छन् । केटाहरु बोतल तथा बाल्टिनमा पानी भरेर केटीहरुलाई लखेट्दै पानी खन्याइदिने गरिन्छ ।


0 comments:
Post a Comment