काठमाडौं,असार ३० । विश्व फुटबल बरियतामा नेपाल ६ स्थान तल झरेको छ । विश्व फुटबल महानसंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल ६ स्थान तल झर्दै १ सय ८८ औं स्थानमा पुगेको हो । यसअघि १८३औं स्थानमा रहेको थियो । दक्षिण एसियामा भने नेपाल पाँचौ स्थानमा छ । दक्षिण एशियामा भारत एकै पटक ११ औं स्थान सुधार गर्दै १५२औं स्थानमा उक्लिएको छ । १ सय ५० औं स्थानमा रहँदै अफगानिस्तान दक्षिण एसियामा पहिलो स्थानमा छ । माल्दिभ्स १ सय ७४ औँ र बंगलादेश १ सय ८३ औँ स्थानमा छन् । यस्तै भुटान १ सय ९२ औँ, श्रीलंका १ सय ९३ औँ र पाकिस्तान १ सय ९४ औँ स्थानमा छन् ।
वरियतामा गएको महिनाभन्दा १५ स्थान माथि चढ्दै वेल्स ११ औँ स्थानमा उक्लिएको छ । फ्रान्सले पनि पहिले भन्दा १० स्थान सुधार गर्दै सातौँ स्थानमा पुगेको छ ।
पोर्चुगल छैठौँ स्थानमा उक्लिएको छ । स्पेन र ब्राजिल भने पहिले भन्दा दुई स्थान तल झरेका छन् । यस्तै न्यूजिल्याण्डले सबैभन्दा राम्रो सुधार गरेर ५४ स्थान माथि उक्लँदै ९३ औँ स्थानमा पुगेको छ । बरियाताक्रमको शीर्ष स्थानमा अर्जेन्टिना यथावत रहँदा बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमसः दोस्रोदेखि पाचौं स्थानमा छन् ।


0 comments:
Post a Comment