काठमाडौं, साउन ५ । नेकपा एमालले पूर्ण बजेट पारित नभएसम्म अविश्वासको प्रस्तावलाई संसदमा अघि बढ्न निदने तयारी गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले पहिला बजेट सम्बन्धी विधेयक पारित नभए सम्म अविश्वासको प्रस्ताव संसदमा अघि बढ्न नदिने तयारी गरेको हो । ।सभामुख ओनसरी घर्ति मगरले अविश्वासको प्रस्तावलाई कार्यसूचीको पहिलो नम्बरमा राखेकोमा एमालेले बिरोध गर्दै आएको छ ।
बैठकपछि संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदको स्थापित अभ्यास, नियम र संविधान अनुसार मात्रै संसदको प्रक्रिया अघि बढ्नुपर्ने बताए । स्रोतका अनुसार अविश्वासको प्रस्तावमा अवरोध नगर्ने तर त्यस अगाडि बजेट सम्बन्धी विधेयक पारित हुनुपर्ने निष्कर्षमा बैठक पुगेको हो । अविश्वास प्रस्तावमाथि छलफल गर्न साउन ६ गते अर्थात भोलि बिहीबार बैठक बोलाएकी छन् ।


0 comments:
Post a Comment