काठमाडौं,साउन १ । नेपाली कांग्रेसले आफ्ना सबै सांसदलाई साउन ६ गतेसम्म उपत्यका बाहिर नजान ह्वीप जारी गरेको छ । व्यवस्थापिका–संसदमा वर्तमान प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई मध्यनजर गर्दै काँग्रेसले आफ्ना सांसदलाई यस्तो ह्वीप जारी गरेको हो । कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गरी साउन ६ गतेसम्म उपत्यका बाहिर नजान र बाहिर जिल्ला वा विदेशमा रहेका सांसदलाई साउन २ गतेसम्म संसदीय दलको कार्यालयमा हाजिर हुन अपिल गरेका हुन् ।


0 comments:
Post a Comment