एजेन्सी,असार ९ । समूह चरणको अन्तिम खेलमा बलियो टिम इटालीलाई पराजित गरेको रिपब्लिक अफ आयरल्याण्ड युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डले इटालीलाई १–० ले हराँउदै तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा स्थान बनाएको छ । आयरल्याण्डको जितमा ८५ औं मिनेटमा ब्राडीले गरेको गोल निर्णायक बन्यो । हारपछि पनि इटाली भने समूह इको विजेता बनेको छ । इटालीलाई कडा टक्कर दिएको आयरल्याण्डले अब अन्तिम १६ मा समूह एको विजेता फ्रान्ससँग खेल्नेछ ।


0 comments:
Post a Comment