पूर्वराजदुत भन्छन् -‘नेपालले दुई छिमेकीहरुको विश्वास लिएर अघि बढ्न पर्छ’

By

काठमाडौ,असार १४ । भारतकालागि निवर्तमान नेपाली राजदुत दिपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतको सम्बन्ध सामान्य बन्दै गएको बताएका छन । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ भारतले नेपाललाई प्राथमिकता दिएको छ । एकै वर्ष दुई पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाँच पटक विदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमण भईसकेको छ ।

प्रशासनिक संयन्त्रहरुको बैठक पनि नियमित भईरहेको छ । दुई देशको प्रबुद्ध समूहको बैठक पनि बस्दैछ । अब हामीले नकारात्मक टिप्पणी गर्नु हुँदैन । नन ईश्यूलार्य ईश्यू बनाएर अल्झनु हुँदैन ।’ साक्षात्कारमा उपाध्यायले नेपाल र भारतले छिमेकी बदल्न नसक्ने भएकोले सम्बन्ध राम्रो बनाएर अघि बढ्नुको विकल्प नभएको तर्क गर्दै अब शान्तिपूर्ण रुपमा नेपालले दुई छिमेकीहरुको विश्वास लिएर अघि बढ्नु पर्ने आवश्यकता औल्याए ।
उनले भने,‘ सन्तुतिल रुपमा दुई छिमेकीसँग सम्बन्धलाई अगाडि बढाए नेपाललाई फाईदा छ । नेपालको भारतसँगको सम्बन्ध सुध्रिदै छ, अब नेपालले सबै दलको सहमतिमा छिटो परराष्ट्र नीति बनाएर अघि बढ्नु पर्छ ।’
उपाध्यायले चीनले समेत नेपालको आर्थिक विकास र आपूर्तिकोलागि भारतमै भरपर्नु पर्ने भएकोले दुई देशको सम्बन्ध राम्रो हुनु पर्नेमा जोड दिदै आएको उल्लेख गर्दै नेपाल भारत सम्बन्धमा एक अर्कासँग गर्व गर्न सक्नु पर्ने भएकोले यसमा शंका गर्नु आफैमा शंका गर्नु जस्तो हुने तर्क गरे ।
उनले रितिरिवाज, सस्कृति, धर्म, सामाजिक सम्बन्धले दुई मुलुक बाधिएकोले अलग हुनै नसक्ने भन्दै अब नेपालले आफ्नो आन्तरिक राजनीति मिलाएर अघि बढ्नु पर्ने आवश्यकता औल्याए ।
उपाध्यायले संविधान जारी गर्ने बेलामै आफूले सबैलाई समेटेर जाउ भन्दा नभए पनि अहिले पनि करेक्सन गरेर सच्याउने ठाँउ रहेकोले आफ्नो आन्तरिक राजनीति मिलाउन तर्फ लाग्नु पर्ने भन्दै यस विषयमा अरु लाई दोष दिएर उन्मुक्ति पाउन सक्ने अवस्था नरहेको बताए ।
उनले भने,‘ संविधानको कार्यान्वयनमा अहिले चुनौति छ । यो संसदको अवधी भित्रै अर्को चुनाव गर्न नसके मुलुक भयंकर रिक्ततामा फस्छ, मुलुक अप्ठ्यारो स्थितिमा पुग्छ । हामी संकट उन्मुख छौ । त्यसैले कमजोरी सच्याउनु पर्छ ।’
नेपाल–भारत प्रबुद्ध समूहमा नेपाली टोलीका सदस्य डा. राजन भट्टराईले दुई मुलुकको सम्बन्ध क्रमैसँग सुध्रदै गएको भन्दै यसको पछिल्लो कडिको रुपमा नेपाल र भारतका राष्ट्रपतिको एक अर्को देशमा भ्रमण गराउने गरी तयारी सुरु भईसकेको जानकारी दिए ।
उनले पछिल्लो समयमा दुई पक्षीय प्रशासनिक संयन्त्रहरुको बैठक नियमित जसो भईरहेको लगायतका कारणले हिजो सम्बन्धमा उत्पन्न दरारहरु कमैसँग कम हुँदै गएको दावी गर्दै नेपाल भारत सम्बन्ध राम्रो हुनुको विकल्प नभएको बताए ।
भट्टराईले भने,‘ संविधान जारी गरेपछिको जस्तो सम्बन्ध निरन्तर रहनु हुँदैन भनेर हामीले पहल गर्यौ । त्यसमा अहिले सुधार आईसकेको छ । अबको सम्बन्ध २१ औ शताब्दिको उचाईमा कायम हुनु पर्छ । विश्वब्यापी रुपमा एक अर्का प्रतिको र्भितरता बढेको , विज्ञान र प्रविधिका विकास र विश्वब्यापीकरण यूग अनुसारको सम्बन्ध कायम हुनु पर्छ । अब नयाँ दायरमा सम्बन्ध अघि बढाउनु पर्छ ।’
उनले नेपाल भारत सम्बन्ध सहज र सामान्य बन्दै गएकोले अब दुई देशको जनताको चेतनाको जगमा सम्बन्ध बन्नु पर्ने भन्दै दुई देशको सम्बन्धलाई मधेस आन्दोलनसँग जोड नहुने तर्क गरे । भट्टराईले भने,‘ दुई देशको सम्बन्धलाई मधेस आन्दोलनसँग जोड अप्ठ्यारो पर्छ । मधेसको समस्या आन्तरिक समस्या हो यसलाई बार्ता र संबादबाट छिटो समाधान गर्नु पर्छ र त्यसकोलागि पहल भईरहेको छ ।’
उनले भारतमा राजदुत खाली राख्न नहुने भन्दै छिट्टै राजदुत नियूक्ती गरेर सम्बन्धलाई सहज बनाउने दिशामा अघि बढाउनु पर्ने आवश्यकता समेत औल्याए । भट्टराईले नेपालमा असार २० र २१ गते प्रबुद्ध समूहको काठमाडौमा बस्ने पहिलो बैठक परिचयात्मक बैठक हुने स्पष्ट पार्दै पहिलो बैठकले समूहको दुई वर्षे कार्यकालमा के के गर्ने भन्ने विषयका योजना बनाउने जानकारी दिए ।
उनले समूहको बैठक प्रत्येक तीन तीन महिनामा बस्ने र त्यसले नेपाल भारत सम्बन्ध सुमधुर पार्न दुई देशवीचका सन्धी, सम्झौताहरुलाई समयानुकुल बनाउन आवश्यक सुझावदिने बताए ।

0 comments:

Post a Comment