इटालीको उत्कृष्ट सुरुवात,नकआउट चरणको यात्रा सहज बन्ने निश्चित

By

एजेन्सी,जेठ ३२ । इटालीले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । गत संसकरणको उपबिजेता इटालीले बेल्जियमलाई २–० ले हरायो । इटालीको जितमा इमानुएल जाकेरिनी र ग्राजियानो पेलेले एकएक गोल गरे ।  ३२ औं मिनेटमा जाकेरिनीले गोल गर्दै इटालीलाई सुरुवाति अग्रता दिलाए ।खेलको अन्त्यतिर इटालीले दोहोरो अग्रता लियो । बेल्जियमले काउण्टरमा गोल खान पुग्यो । जाकेरिनीले सन् २०१३ को नोभेम्बरपछि पहिलो पटक राष्ट्रिय टिमका लागि गोल गरेका हुन् ।

0 comments:

Post a Comment