काठमाडौं,असार १५ । नेपाली कांग्रेसका प्रूभावशाली नेता एक व्यक्तिले एसएमएस गरी मार्ने योजना रहेको बताएपछि नेपाल प्रहरी उक्त व्यक्तिको खोजीमा लागिपरेको छ । उपचारका लागि भारत गएका खड्का गत शनिबार साँझ स्वदेश फर्किएका थिए । उनी फर्किए लगत्तै आइतबार एनसेलको नम्बर प्रयोग गरी खड्काका स्वकीय सचिव रामेश्वर यादवको नम्बरमा कसैले आपत्तिजनक एसएमएस पठाएको थियो ।
एसएमएसमा लेखिएको छ, ‘आज खुमबहादुरलाई मार्ने प्लान भइरहेको छ, बचके रहो ।’ उक्त ब्यहोराको सन्देश हत्याका योजनाकार मध्ये कै कसैले धम्काउनका लागि पठाएको हो या खड्कालाई सचेत गराउनका निम्ति यसो गरेको हो भन्ने स्पष्ट हुन सकेको छैन ।
नम्बर प्रयोगकर्ताको गिरफ्तारी पछि मात्र यसको रहस्योद्घाटन हुने अपेक्षा राखिएको छ । खड्काले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्दै अभियान चलाउँदै आएका छन् । २०६४ को संविधानसभाको निर्वाचनअघि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौलाले हत्या योजना बनाएको जानकारी खुमबहादुर खड्कालाई रहेको आजको घटना र विचार सप्ताहिकमा समाचार छ ।


0 comments:
Post a Comment