नयाँ शक्तिका प्रवक्ता भन्छन् -‘प्रचण्ड र गृह मन्त्री बस्नेतलाई कारबाही गर्नु पर्छ’

By

भक्तपुर,असार १ । नयाँ शक्ति नेपाल पार्टीका प्रवक्ता खिमलाल देवकोटाले द्वन्द्वकालिन समयको घटनालाई लिएर कारवाही भए प्रचण्ड र हालका गृहमन्त्री शक्ति बस्नेतलाई समेत कारवाही गर्नुपर्ने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले तत्कालिन माओवादीका प्रमुख प्रचण्ड र जनमुक्ति सेनाका कमिसार बस्नेत भएकाले त्यसको जवाफदेहिताका साथ उनिहरुले नैतिक जिम्मेवारी लिनु पर्ने बताए।

द्वन्द्वको समयका घटनालाई अपराधिकरण गर्ने वा क्रान्तीकरण गर्ने भन्ने बिषयलाइ ध्यान दिन नसके प्रचण्ड र गृहमन्त्री बस्नेत कारबाहिमा पर्ने उनले बताए । नाकाबन्दी सकिएको लामो समय सम्म पनि सरकारले कालोबजारीको संरक्षणमा लागेका कारण नेपालीले सास्ती खेप्नु परेको भन्दै उनले वर्तमान सरकारको संरक्षणमा कालो अर्थतन्त्र मौलाएकोले जनताको समस्या समाधान गर्न नसक्ने यो सरकार पूर्णरुपमा असफल भएको बताए।

भुकम्पको पिडालाई सम्बोधन गर्ने भन्दा पनि आफ्ना कार्यकर्ता भरणपोषण गर्दै एनजियो र आइएनजीओको पैसा कुम्लाउने खेलमा सरकार लागेको भन्दै प्रवक्ता देवकोटाले पुननिर्माण प्राधिकरणलाई राजनीति भर्तिको केन्द्र बनाएर सरकारले विदेशी सहयोगको दुरुपयोग गरेको आरोप लगाए। नयाँ शक्तिले आर्थिक समृद्धिको नारा बुझेरै उठाएको भन्दै उनले उत्पादनमुखि बन्ने र देशको आर्थिक बजेट १० खरबका साथै बिदेशीको सहयोगलाई सहि सदुपयोग गरेमा मात्र बार्षिक १० लाखको हाराहारीमा रोजगारी श्रृजना गर्दै पाँच बर्षमा बेरोजगारीको अन्त्य गर्न सकिने नयाँ शक्तिसँग खाका रहेको दाबी गरे। नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासनको ब्यवस्थामा नयाँ शक्ति नेपाल पार्टी रहेको भन्दै यदि यसो भएको राजनीति जटिलताहरुको अन्त्य तर्फ सहजता मिल्ने समेत देबकोटाले बताए । नेपालमा प्रत्यक्ष रुपमा बिदेशीहरुको हस्तक्षेप रहेको भन्दै उनले नेपाल र नेपाली सक्षम बन्दै राजनीतिक क्षेत्रलाई सक्षम पार्न सके हस्तक्षेप समेत अन्त्य गर्न सकिने बताए ।

नेपाल दुई ठूला आर्थिक समृद्धि हासिलतर्फ अग्रसर भएका देशका बीचमा भएकाले दुइ देश बीचको पुलको भूमिका निर्वाह गर्दै आर्थिक समृद्धि तर्फ अगाडी बढ्दै लाभ लिन सक्नु पर्नेमा उनको जोड थियो । नेपाली राजनीतिमा नयाँ शक्तिले आर्थिक पार्दशिताको पाठ सिकाएको बताउँदै उनले आरोप प्रत्यारोप गर्नु भन्दा पनि नयाँ शक्तिको आर्थिक पाटो बारे जानकारी लिन चाहने सबैलाई केन्द्रिय पार्टी आएर हिसाब किताब हेर्न सकिने बताए । नयाँ शक्तिमा ४० प्रतिशत पुरानै मुहार जो बिभिन्न राजनीतिक दलका र अन्य ६० प्रतिशत नयाँ मुहार रहेको भन्दै उनले नयाँ शक्तिमा युवाहरुको बाहुल्यता रहेको बताए ।

0 comments:

Post a Comment