एजेन्सी,जेठ २९ । मेस्सीको ह्याट्रिकको मद्दतले अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ । शनिबार बिहान सिकागोमा भएको खेलमा पानामालाई ५–० ले हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो । पानामामाथिको शानदार जितमा लियोनल मेस्सी नायक बने । उनले ह्याट्रिक गरे भने निकोलास ओटिमेनडी र सर्जियो अग्युरोले एक एक गोल गरे ।
सातौँ मिनेटमा नै ओटिमेनडीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १ गोलले अघि रहेको अर्जेन्टिनाले सबे गोल दोस्रो हाफमा गरेको थियो । अर्जेन्टिनाका लागि मेस्सीले ६८, ७८ र ८७ औँ मिनेटमा गोल गरे । ९० औँ मिनेटमा अग्युरोले गोल गरेपछि अर्जेन्टिना ५–० ले विजयी भयो । अर्जेन्टिनाले अब समूहको अन्तिम खेलमा आउँदो बुधबार बोलिभियाले सँग खेल्नेछ ।


0 comments:
Post a Comment