एजेन्सी । बलिउडको चर्चित अभिनेता अक्षयकुमारले एक नयाँ फिल्म खेल्नको लागि लागि ५६ करोड भारू (नेपाली मुद्रामा ९० करोड) लिएको खुलसा बाहिर आएको छ । पछिल्लो समय बलिउडमा सफल रहदै राज गर्दै आएको अक्षयले उक्त रकम पारिश्रमिक र नाफामा हिस्सेदारी अनुसार लिएको बुझिएको छ ।
उनले ‘यारियाँ’ तथा ‘सनम रे’ फिल्म निदेशन गरेकी दिव्या कुमार खोसलाको अगामी फिल्मका लागि यो रकम लिन लागेका कुरा बाहिर आएको छ । दिव्याको यस फिल्म अगाडि पनि अक्षयले ‘जोल एलएलबी २’ फिल्मका लागि ४२ करोड भारू लिएको खबर सार्वजनिक भएको थियो। उनका पछिल्ला रिलिजहरू हाउसफू ३, एयर लिफ्ट, बर्दर्स, सिह इज ब्लिङ आदिले वक्सअफिसमा १०० करोड भारूको कमाइगरेसँगै उनी बलिउडमा माग भएका कलाकारमा पर्छन्।


0 comments:
Post a Comment