काठमाडौं,असार ७ । इंग्ल्याण्ड समूह चरणको अन्तिम खेलमा स्लोभाकियासँग बरारीमा रोकिएको छ । मंगलबार विहान भएको खेलमा स्लोभाकियासँग गोलरहित बराबरीमा रोकिएको इंग्ल्याण्ड समूह बीको उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । र उपविजेताका रुपमा युरो २०१६ को नकआउट चरणमा पुगेको छ ।
यससँगै तीन खेलबाट ५ अंक जोडेको इंग्ल्याण्ड ५ अंकसहित समूह बीको उपविजेता बनेको छ । स्लोभाकिया भने ४ अंकसहित तेस्रो स्थानमा छ र तेस्रो स्थानमा रहने उत्कृष्ट चारमा परेर नक आउट चरणामा पुग्ने सम्भावना कायमै छ । इंग्ल्याण्डले अब नकआउट चरणमा हंगेरी, अष्ट्रिया, आइसल्याण्ड र पोर्चुगल मध्ये एक प्रतिद्वन्द्वी पाउनेछ ।


0 comments:
Post a Comment