काठमाडौं । ६८ वर्षीय दुर्गा कामी नेपालमा पछिल्लो समय चर्चित छन् । उनी स्कुलकै सबैभन्दा बढी उमेरका विद्यार्थी हुन् । उनी हजुरबुबा बनिसकेका छन् । यद्यपी उनले बुढेसकालमा आएर भए पनि आफ्नो पढ्ने इच्छा पुरा गर्ने सुर कसेका छन् । गरिबीका कारण कामीले बाल्यकालमा आफ्नो पढाई पूरा गर्न असमर्थ रहे ।
यद्यपी अहिले आएर उनले आफ्नो शिक्षक बन्ने उदेश्य पुरा गर्नका लागी अध्ययन थालेका हुन् । बुढेसकालमा लौरोको सहायताले उनी स्कुल जाने आउने गरेको बिबिसी मिडियाले उल्लेख गरेको छ ।
अहिले उनी १४, १५ वर्षका छात्र छात्राहरुसँग कक्षा १० मा अध्ययनरत छन् । समाचार संस्था रोयर्टसका फोटो पत्रकारसँग कुराकानी गर्दै कामीले श्रीमतीको असमायिक निधनपछि उनको सम्झनामा तड्पिरहने पिडा भुल्नका लागी पनि पढाई सुरु गरेको बताएका छन् ।


0 comments:
Post a Comment