चार देशमा वैदेशिक रोजगारीमा जान प्रतिवन्ध,काबुलमा मारिएकोको परिवारलाई १० लाख क्षतिपूर्ति

By

काठमाडौं,असार ९ । सरकारले अफगानिस्तानसहित इराक, सिरिया र लिबियामा वैदेशिक रोजगारीका लागि जान प्रतिबन्ध लगाएको छ। बिहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकलेले वैदेशिक रोजगारीका लागि द्वन्द्वग्रस्त मुलुक जान प्रतिबन्ध लगाएको लगाएको हो । अफगानिस्तानको राजधानी काबुल विस्फोटमा परी १३ नेपालीको मृत्यु भएपछि सरकारले ती देशहरूमा जान प्रतिबन्ध लगाएको हो। यस्तै, बैठकले काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ। साथै काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ।

सरकारले आर्थिक वर्ष ०६२/६३ मा अफगानिस्तानमा निश्चित क्षेत्रको रोजगारीमा जान खुला गरिएको थियो । अहिलेसम्म वैधानिक ढंगबाट ८ हजार ६ सय १४ जना नेपाली अफगानिस्तान गएको सरकारीको तथ्यांकले देखाएको छ । तर, अवैधानिक ढंगबाट १० हजारभन्दा बढी नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान छ ।

बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैंकमा पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई चार वर्षको लागि नियुक्त गरेको छ । यसअघिका कार्यकारी निर्देशक राधेश पन्तको कार्यकाल सकिएपछि उनको ठाउँमा अधिकारीलाई ल्याइएको हो।

0 comments:

Post a Comment