विमानस्थलमा प्रधानमन्त्रीको छड्के

By

काठमाडौं,जेठ ३२ । विमानस्थलका सेवाबारे गुनासो बढेपछि प्रधानमन्त्री केपी ओली मंगलबार दिउँसो अचानक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भ्रमण गरेका छ् । दिउँसो २ बजेर १७ मिनेटमा प्रधानमन्त्री ओली, अर्थ मन्त्री विष्णु पौडेल, पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल र पर्यटन राज्यमन्त्री बलबहादुर महतसहित विमानस्थल अनुगमनको लागि पुगेका विमानस्थलका निमित्त प्रमुख भोला गुरागाईंले बताए ।

प्रधानमन्त्री ओलीले विमानस्थलको प्रस्थानद्वारबाट छिरेर अन्तराष्ट्रिय टर्मिनल भवनमा रहेका सबै सरकारी एजेन्सीको काम हरेका थिए । प्रधानमन्त्री ओली साढे ३ बजे विमानस्थलबाट फर्किएका थिए ।

0 comments:

Post a Comment