काठमाडौं,असार १३ । चिलीले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ। लियोनल मेसी पेनाल्टीमा चुकेपछि अर्जेन्टिना अभागी साबित भएको हो । सोमबार बिहान अमेरिकाको न्यूजर्सीमा भएको फाइनलमा पेनाल्टी सुटआउटमा अर्जेन्टीनालाई ४–२ हराउँदै उपाधिमाथि कब्जा जमाएको हो। मेसीले प्रहार गरेको पेनाल्टी गोल पोष्ट भन्दा माथिबाट बाहिरिन पुगेको थियो । ९० मिनेट र थपिएको अतिरिक्त ३० मिनेटको समयमा समेत गोल हुन नसकेपछि उपाधि पेनाल्टीबाट टुंगो लागेको हो ।


0 comments:
Post a Comment