उपत्यकामा आज प्रहरीको निःशुल्क बस (चल्ने रुटसहित)

By

काठमाडौं, जेठ २७ । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले गरेको नेपाल बन्दले यात्रुलाई सास्ती भएपछि नेपाल प्रहरीले बिहिबार दुई वटा रुटहरुमा निःशुल्क बस सेवा संचालनमा ल्याएको छ । यात्रुहरुको सुविधालाई ध्यानमा राखी प्रहरीले निशुल्क गाडी सञ्चालनमा ल्याएको हो । सो सुविधा तोकिएको रुटहरुमा बेलुकी ५ बजेसम्म लिन सकिने प्रहरीले जनाएको छ ।
यस्तो छ रुट
रुट नम्बर १– नक्सालबाट पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल एकान्तकुना , बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर सहिदगेट, दरबारमार्ग हुँदै नक्सालसम्म ।
दोस्रो रुटः नक्सालबाट गौशाला, कोटेश्वर, बबरमहल, माइतीघर शहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक हुँदै नक्सालसम्म ।

0 comments:

Post a Comment