काठमाडौं,बैशाख २० । अकुत सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका साझा यातायातका अध्यक्षका अध्यक्ष एवं पत्रकार कनकमणि दीक्षितलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। अदालतको आदेश अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुरक्षाकर्मीले वीर अस्पतालबाट दीक्षितलाई सर्वोच्च अदालत लगेका हुन् । बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले दीक्षितलाई अदालतमा उपस्थित गराउन आदेश दिएपछि उनलाई आज सर्वोच्चमा उपस्थित गराइएको हो।
दीक्षितको सुनुवाई कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासमा हुँदैछ। दीक्षितकी श्रीमतीले बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेकी थिइन।


0 comments:
Post a Comment