काठमाडौं,बैशाख २९ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निकायको निर्वाचन गर्ने भन्दै ओली सरकारले संघीयता समाप्त पार्न लागेको आरोप लगाउनु भएको छ । विराटनगरमा आज बिहान पत्रकारसँग कुरागर्दै यादवले ओली नेतृत्वको सरकारले कुनै पनि हालतमा स्थानीय चुनाव गर्न नसक्नेबताउदै स्थानीय निकायको निर्वाचन तयारी भनेको संघीयता समाप्त पार्ने खेल भएको आरोप लगाउनु भएको हो । मुलुक संघीयताको संरचनामा अघि बढेको भन्दै यादवले प्रादेशिक सरकारलाई मात्र स्थानीय निकाय निर्माण गर्नै अधिकार भएको उल्लेख गर्नुभयो ।


0 comments:
Post a Comment