काठमाडौं,बैशाख ३१ । वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भन्दा दुई दिन अघि मात्रै त्राण पाएको खड्ग ओली नेतृत्वको सरकार ढाल्नका लागि नेकपा(एमाले) भित्रै रमाइलो खेल सुरु भएको छ । एमालेका नेता एवम ओलीका विश्वासपात्र भनिएका शंकर पोखरेल, माधब नेपाल समूहका सुरेन्द्र पाण्डे, प्रकाश ज्वालालगायतका नेताले एमाले एमाओवादीको गठबन्धन भत्काएरु काँग्रेस र एमालेको गठबन्धन बनाउने भन्दै पटक पटक भेला तथा छलफल आयोजना गरेका छन् ।
शंकर पोखरेल संविधानसभाको दोस्रो निर्वाचनमा दाङमा पराजित भएका थिए । पाण्डे चितवनबाट निर्वाचित भएका भएपनि पार्टीको आन्तरिक राजनीतमा पराजित नेता हुन् । उनलाई हालसम्म कुनै पनि पद प्राप्त हुन सकेको छैन । पछिल्लो पटक एमाले नेतृत्वमा नै सरकार गठन भएपनि पाण्डे दाजुभाइले न त पार्टीको आन्तरिक जीवनमा कुनै पद पाउन सकेका छन् न त कुनै अवसर नै ।
माधव नेपाल नेतृत्वको सरकारको समयमा अर्थमन्त्री भएर राम्रै तर मारेका पाण्डेलाई पछिल्लो समय कुनै पनि पद तथा प्रतिष्ठा प्राप्त नहुन जस्तो दुखको कुरा हरु केही हुन सकेको छैन । जुनसुकै संस्थाको पनि अध्यक्ष बन्नुपर्ने र कमाउ धन्दा चलाइहाल्नुपर्ने राजेन्द्र पाण्डेको त के कुरा गर्नु र थौर राजनीतिक व्यक्ति हुन यी सुरेन्द्रसँग के आस धेरैले यस्तै प्रश्न राखेका छन् आजको जनआह्वान साप्ताहिकमा खबर छ ।


0 comments:
Post a Comment