आइपिएल : पञ्जावले मुम्बई इन्डियन्सलाई ७ विकेटले हरायो

By

काठमाडौं,जेठ १ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा किङ एलावेन पञ्जाब विजयी भएको छ । विशाखापट्नममा भएको खेलमा पञ्जावले मुम्बई इन्डियन्सलाई सात विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङ् गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २४ रन बनायो।

मुम्बईका किरोन पोलाडले २० बलमा २७, नितिस रानाले २८ बलमा २५ तथा कप्तान रोहित शर्माले २४ बलमा १५ बनाए। पञ्जाबका पिटर स्टोनीस ले ४ विकेट लिए भने मोहित शर्मा र सन्दिप शर्मा ले २-२ विकेट तथा अक्सर पटेलले १ विकेट हात पारे ।

मुम्बईले प्रस्तुत गरेको एक सय २५ रनको लक्ष्य पञ्जावले १७ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो । पञ्जावका ऋद्धिमन साहले ४० बलमा ५६ तथा कप्तान मुरली विजयले ५२ बलमा नटआउट ५४ रन बनाए । मुम्बईका मिचेल म्याक्लेनाहामले दुई विकेट लिए । पञ्जावका मार्कस स्तोइनिसले चार विकेट लिए । १२ खेलबाट १२ अंक जोडेको मुम्बई पाँचौं तथा ११ खेलबाट ८ अंक जोडेको पञ्जाव सातौं स्थानमा छ ।

0 comments:

Post a Comment