काठमाडौं,जेठ ३ । एमाओवादी अध्यक्ष प्रचण्डले दुई वर्षभित्र ठूलो पार्टी बनाउने भन्दै विभिन्न घटकमा छरिएका माओवादीहरुलाई जुटाउन अभियान चलाइरहेका बेला आफ्नै पार्टीभित्र भने पदको लफडा सुरु भएको खबर छ । मोहन वैद्य किरणलाई बहुमत हटाएर क्रान्तिकारी माओवादीका अध्यक्ष बनेका रामबहादुर थापा बादल भन्दा आफू वरिष्ठ हुनुपर्ने भन्दै नारायणकाजीले लफडा सुरु गरेका छन् । एमाओवादी पार्टीमा समेत नारायणकाजीलाई दोस्रो वरियता दिनुहुँदैन भन्दै लबिङ सुरु भएपछि उनी आत्तिएको खबर छ ।
अकुत सम्पत्ति कमाएका भनेर अख्तियारले अनुसन्धान गरिरहेका कृष्णबहादुर महरा पनि बादललाई दोस्रो वरियतामा पार्टीमा राखेर आफू महासचिव नबस्ने भन्दै लबिङ गरिरहेको स्रोतको दावी छ । संगठनात्मक रुपमा असाध्यै कमजोर तर पार्टीको प्रभावलाई दुरुपयोग गरेको भन्दै वर्षमान पुन, जनार्दन शर्मालगायतका एमाओवादीका युवा टिमले महरालाई तेस्रो वरियताको उपाध्यक्ष बनाइनुपर्ने तर्क गरिरहेको थाहा भएको छ ।
उनीहरुले महासचिवमा युवा टिम लैजानुपर्नेमा जोड दिइरहेका छन् । अध्यक्ष आफ्नो पक्षमा राखेपछि दोस्रो कार्यकारी पदमा क्रान्तिकारी माओवादीलाई दिनुपर्ने तर्क एमाओवादीभित्रै उठिरहेको कुरा स्रोत बताउँछ ।
क्रान्तिकारी माओवादीबाट महासचिव बनेमा देव गुरुङ वा पम्फा भुसाल सचिव हुनेछन् । साँघु साप्ताहिकमा खबर छ ।


0 comments:
Post a Comment