भोला आचार्यद्वारा नेजाको अध्यक्षमा उमेद्वारी घोषणा

By

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ, नेजाको अध्यक्षमा पत्रकार भोला आचार्यले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । यसअघि महासचिवसमेत रहेका आचार्यले मे १ मा बसेको कार्यसमितिको वैठकबाट आचार्यले सो पदका लागि आफ्नो उमेद्वारी घोषणा गरेका हुन् । क्यानडा लगायत उत्तरअमेरिकामा रहेका नेपाली पत्रकारहरुको एकमात्र संगठन नेजाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर यहि मे ७ र ८ मा पाँचौ अधिवेसन तथा दशौ वार्षिक साधारण सभाको आयोजना गरेको छ । उक्त महाधिवेसले नयाँ कार्यसमिति चयन गर्नेक्रममा आचार्यको उमेद्वारी आएको हो ।

कार्यसमितिले आफ्नो उमेद्वारीको घोषणाको स्वागत गर्दै शुभकामना दिएको वताउदै उनले नेजालाई थप व्यवसायिक र मर्यादित वनाउदै पेशाकर्मीको हकहितमा व्यवसायिक ढंगले लाग्ने धारणा व्यक्त गरे । सो पदका लागि सल्लाहकारसमेत रहेका पत्रकार तारा बराल र पूर्व अध्यक्ष गुणराज लुईटेलले इच्छा रहेको वताईए पनि अहिलेसम्म कसैले उमेद्वारी औपचारिकरुपमा घोषणा गरिसकेका छैनन् ।

अध्यक्ष वन्नको लागि एक कार्यकाल कार्यसमितिमा वसेको हुनुपर्ने संस्थाको विधानले अध्यक्ष पदका प्रत्यासीको रुपमा हेरिएका तारा बराललाई ढोका बन्दा गरेको अवस्था छ । त्यसैगरि कुनैवेला पत्रकारितामा संलग्न भए पनि पछिल्लो समयमा निष्कृय जस्तै रहेको र आचार्यभन्दा कम मर्यादाक्रममा बसेर संस्थामा काम गरेकोले आचार्य नयाँ अध्यक्ष पदका लागि लगभग निश्चित देखिन्छ ।

0 comments:

Post a Comment