पनामा पेपर्समा उपेन्द्र महतो, अरुण चौधरीसहित सात नेपाली

By

काठमाडौं,बैशाख २८ । विश्वभर हङ्गामा मच्चाएको अन्तर्रा्ष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे) पानामा पेपर्समा परेका ७ नेपालीको नाम सार्वजनिक गरेको छ । सोमबार राति सार्वजनिक गरिएको पछिल्लो सूचिमा नेपालका उपेन्द्र महतो, अरूणकुमार चौधरी, सुभांश कुमार चौधरी, करन कुमार चौधरी, शिला चौधरी, उमा देवी सिंहानिया र नवयुग डोल्माको नाम संग्लग्न छ।
विश्वका धनी र शक्तिशाली नेताहरुको पोल खुल्ने गरी उनीहरुले ब्रिटिस भर्जिन आइल्यान्डस, पनामा, सिंगापुर र अन्य कर छुट हुने अफसोर देशहरुमा शेल (छायाँ, कागजी) कम्पनीहरुमार्फत् गरेको लगानीको खुलासा भएको लिक खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्टस (आइसिआइजे) ले सोमबार राति पौने १२ बजे गरेको हो।

panama

उपेन्द्र महतो

नेपालको सिराहा ठेगाना देखाएका उपेन्द्र महतो ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएका दुई कम्पनीका सेयर होल्डर देखिएका छन्। स्पार्टली भेन्चर्स लिमिटेड २६ जुन २००८ मा दर्ता भएको छ भने २०११ को मे १६ मा निस्क्रिय भएको छ। दस्तावेजमा यसको स्टायटसमा एजेन्ट परिवर्तन गरिएको भनिएको छ। स्पार्टली कम्पनीको ठेगाना भने युएईमा रहेको छ।

महतो सेयरहोल्डर भएको अर्को कम्पनी हो- पन्कुर फाइनान्सेज लिमिटेड। यो पनि सोही मितिमा दर्ता भएर सोही मितिमा निस्क्रिय र एजेन्ट परिवर्तन स्टायटस देखिएको कम्पनी हो। यसको ठेगाना पनि युएईमा नै रहेको छ।

अरुणकुमार चौधरी र चौधरीहरु
चौधरी ग्रुपमा एमडी अरुणकुमार चौधरी उर्साइन लिमिटेडका सेयरहोल्डरको रुपमा रहेका छन्। ब्रिटिस भर्जिन आइल्यान्डसमा २४ जुन २००४ मा दर्ता भएको र २७ जुलाई २०१२ मा निस्क्रिय भएको यो कम्पनीको ठेगाना बेलायतमा राखिएको छ। चौधरीले आफ्नो ठेगानामा भने दक्षिण अफ्रिकाको राखेका छन्।

दस्तावेजमा भएका अरु तीन चौधरीहरु शीला चौधरी, करणकुमार चौधरी र सुर्वशकुमार चौधरी पनि यही उर्साइन लिमिटेड कै सेयरहोल्डरहरु हुन्। शीला भारतको उर्साइन डेभलपर्स प्रालिका डाइरेक्टर पनि हुन्।

नवाङ डोल्मा
कर्पोरेट जगतमा खासै नाम नसुनिएकी नवाङ डोल्माको रजिस्टर्ड ठेगाना ब्राजिलको छ। उनी ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएका दुई सेल कम्पनीहर गोल्डेन सिम्बल इन्टरनेसनल लिमिटेड र फिक्स युनियन होल्डिङ्ग्स लिमिटेडकी सेयरहोल्डर छिन्। दुवै कम्पनीको लिङ्क हङकङसित जोडिएको छ।
उमादेवी सिंहानिया
यिनको नाम पनि कर्पोरेट जगतमा खासै सुनिएको छैन। ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता भएको स्प्रिङ फल्स लिमिटेड कम्पनीका सेयरहोल्डरको रुपमा उनको नाम रहेको छ।

सतीशलाल आचार्य
‘नेपाल’ देशमा नरहे पनि मलेसियाको कम्पनी एक्जियटासँग मिलेर एनसेलको २० प्रतिशत स्थानीय साझेदारको सेयर खरिद गरेका सतीशलाल आचार्यको नाम सिगापुर अन्तर्गत रहेको भेटिएको छ। आचार्यको नाम पनामा पेपर्समा नभई अफसोर लिक्सको डाटामा रहेको छ।
-pahilopost.com

0 comments:

Post a Comment