वाशिंगटन डिसी । अमेरिका पत्रकार संघ, नेजाको अध्यक्षमा भोला आचार्य निर्बिरोध निर्वाचित भएका छन् । यसअघि महासचिव रहका आर्चाय पाँचौ अधिवेशन तथा दशौँ वार्षिक साधारण सभावाट निर्विरोध चुनिएका हुन् । निर्वाचन समितिले जनाए अनुसार सम्पूर्ण पदमा पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका हुन् । नेजाको पाँचौ अधिवेशन लस एञ्जेल्समा सम्पन्न नेजाको निर्वाचनमा अध्यक्ष भोला आचार्य ,उपाध्यक्षमा गुणराज लुइँटेल तथा महा सचिबमा तोयानाथ दाहाल निर्वाचित भएका छन् ।
यसै गरि उक्त निर्वाचनमा निर्बिरोध निर्वाचित हुनेहरुमा सचिबमा अग्नि चौलागाई तथा कोषाध्यक्षमा शैलेश पोख्रेल निर्वाचित भएका छन् । यसै गरि पश्चिम क्षेत्रीय संयोजकमा ध्रुब कुवर ,डिसी मैत्री क्षेत्र संयोजकमा बिष्णु पौडेल शितल,न्यु योर्क क्षेत्र संयोजकमा बिष्णुहरि घिमिरे तथा दक्षिण क्षेत्रीय संयोजकमा किशन रेग्मी निर्बिरोध निर्वाचित भएका छन् भोला आचार्य अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन् ।
सम्पन्न निर्वाचनमा कार्यकारी सदस्यहरुमा सन्दिप कुमार चौधरी ,बालकृष्ण जोशी ,लेखनाथ गौतम तथा अनुज थापा निर्बिरोध निर्वाचित भएका छन् । नेजाको पाँचौ अधिवेशन तथा दशौँ वार्षिक साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघका सभापति डा. महेन्द्र विष्टले गर्नु भएको थियो । अधिवेसनको लागि विभिन्न राज्यवाट नेजाका सदस्यहरु, प्रतिनिधी तथा शुभेच्छुकहरु मेरील्याण्ड, भर्जिनिया,टेक्सास,कोलोराडो, क्यालिफोर्निया, न्यूयोर्क, नर्थक्यारोलिना, ओक्लोहामा लगायत सत्र भन्दा वढी राज्यवाट सहभागीता रहेको थियो ।


0 comments:
Post a Comment