सार्क सम्मेलनको खर्चमाथि अख्तियारले अनुसन्धान थाल्यो

By

काठमाडौं,बैशाख २६ । ‍दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मलेनको खर्चमा अनियमितता गरेको आशंकमा करिब एक सय जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
मंसिर ११ गते सम्पन्न सार्क सम्मेलन तयारीका लागि विनियोजित रकममा भ्रष्टाचार गरेको आशंकामा अख्तियारले कर्मचारी, राजनीतिक दलका नेता तथा ठेकेदारविरुद्व विशेष अनुसन्धान अघि बढाएको आजको कारोबार दैनिकमा समाचार छ ।

अख्तियारबाट प्राप्त विवरणअनुसार १ करोड रुपैयाँभन्दा बढी खर्च गर्नेमा ८ वटा मन्त्रालय छन् । यसमध्ये भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले करिब ७८ करोड रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै गृह, सहरी विकास, परराष्ट्र, रक्षा र स्थानिय विकास मन्त्रालय पनि सार्कका नाममा बढी खर्च गर्ने मन्त्रालय हुन् । परराष्ट्र, सहरी विकास र स्थानीय विकास मन्त्रालयले गरेको खर्चमाथि अख्तियारले विशेष छानविन गरिरहेको छ ।
निर्वाचन आयोगले संवैधानिक व्यवस्थाविपरीत दल खारेज गरेको भन्दै समाजवादी जनता पार्टीका अध्यक्ष सिंहले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । आफ्नो दल खारेज गर्न नपाइने सिंहको दाबी छ । उनी भन्छन्, ‘संविधानको धारा २७० ले दलमाथि प्रतिबन्ध लगाउन नपाउने स्पष्ट व्यवस्था गरेको छ ।’ उनको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

0 comments:

Post a Comment