काठमाडौं,बैशाख २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीविधि र विधान अटेर गर्न थालेका छन् । १३ औँ महाधिवेशनबाट पार्टी कमान्ड सम्हालेका देउवाले दुई महिना बित्दासमेत विधानले तोकेको कुनै काम अघि नबढाएको छ ।
पार्टी विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारीका साथै सबै विभाग र समितिलाई पूर्णता दिइसक्नु पर्ने उल्लेख छ । फागुन २४ गते सभापति निर्वाचित भएका देउवाले सबै निकायलाई पूर्णता होइन, त्यसको प्रक्रियासमेत सुरु गरेका छैनन् । केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी विधानअनुसार पदाधिकारीका साथै सबै निकायलाई पूर्णता दिइसक्नु पर्ने भएपनि सभापतिको ध्यान त्यता नपुगेको बताए । नेतृत्वमा नपुगुन्जेल विधानको कुरा गर्ने र आफैँ नेतृत्वमा पुगेपछि विधान मिच्नु राम्रो नभएको घिमिरेको भनाई छ ।
\सभापतिको औपचारिक जिम्मेवारी सम्हालेकै दिन रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका देउवाले उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनको गृहकार्य सूर गरेका छैनन् । त्यस्तै, बाँकी १४ केन्द्रीय सदस्य मनोनयन, संसदीय समिति, केन्द्रीय कार्यसम्पादन, विभाग, ज्येष्ठ राजनीतिज्ञ सभासहित समिति गठनको गृहकार्य सुरु भएको छैन ।
विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबे तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ । केन्द्रीय सदस्य प्रकाशशरण महतले पदाधिकारीसहित सबै निकायले छिट्टै पूर्णता पाउने बताए । ‘चिठी खल्तीमा, हल्ला बजारमा? म मान्दिनँ’ भन्नै अडान ओलीले लिए। तर पछि प्रचण्डले त्यसमा कुनै आपत्ति नजनाई समर्थन निरन्तरता दिने प्रतिबद्धता जनाएपछि सरकारको निरन्तरता सुनिश्चित भएको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।


0 comments:
Post a Comment