एजेन्सी,बैशाख ३० । विश्व फुटबलको क्षेत्रमा लिओनल मेस्सीलाई पछि पार्दै क्रिष्टियानोे रोनाल्यो सबैभन्दा धेरै कमाउने फुटबलर बनेका छन् । अमेरिकाबाट प्रकाशित पत्रिका फोर्ब्सले विश्वका धेरै कमाउने फुटबलरहरुको सूची सार्वजनिक गरेको छ । जसमा रोनाल्डो शीर्ष स्थानमा छन् । मेस्सी दोस्रो स्थानमा छन् ।
मेस्सीको कमाइ ७७ मिलियन डलर छ । जसमध्ये ५०.५ मिलियन डलर तलब र बोनस रहेको फोब्र्सले जनाएको छ । पत्रिकाका अनुसार रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोको कमाइ ८२ मिलियन डलर छ । जसमा ५३.३ मिलियन डलर तलब र बोनसबाट आउँछ । सर्वाधिक कमाउने फुटबलहरुको सूचीको तेस्रो स्थानमा जाल्टन इब्राहिमाभिच, चौथो स्थानमा नेयमार र पाँचौं स्थानमा ग्यारेथ बल छन् ।


0 comments:
Post a Comment