काठमाडौं । चलचित्र ‘छेस्को’ को फस्टलुक सार्वजनिकसँगै फेरी चर्चामा आएकी अर्चना पनेरु अभिनित डेब्यु चलचित्र भनिएको ‘जिस्म’ भन्दा छेस्को अगाडि रिलिज हुदैछ । पोर्न फिल्म खेल्छु’ भनेर चर्चामा आएपछि अर्चना पनेरुलाई मुख्य प्राथमिकता दिइएर तयार गरिएको पोष्टरमै हट अवतारमा देखाईएको छ ।
उनलाई देखाएर दर्शक तान्ने अंडकल बाजी गरिरहेको बेला दर्शकले उनी निर्मित चलचित्रलाई कतिको रुचाउलान भन्ने जिज्ञासा बढेको छ । अर्चनासँगै पोस्टरमा राजन कार्कीलाई बोल्ड अवतारमा देखाइएको छ । यो चलचित्र आउँदो २१ जेठबाट देशव्यापी रिलिज हुँदैछ ।
दुर्गा बिष्टको प्रस्तुती रहेको यस चलचित्रमा अर्चना र राजनका अलावा करण श्रेष्ठ ‘क्रेजी’को पनि मुख्य अभिनय छ । सुरज प्रधान निर्माण र सह–निर्माता शंकर कार्की रहेको ‘छेस्को’ देश–विदेशमा एकसाथ रिलिज हुने चलचित्रका वितरक एफ.डी कम्पनी र करण श्रेष्ठले जनाएका छन् ।
नेपाली दर्शकले रुचाउलान अर्चनालाई पोष्टरमै हट अवतार (फोटोफिचर)


0 comments:
Post a Comment