रिसबको बिष्फोटक ब्याटिङले दिल्लीले गुजरातलाई हरायो

By

एजेन्सी,बैशाख २२ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । दिल्ली डेयरडेभिल्सले अंक तालिकामा पहिलो स्थानमा रहेको गुजरात लायन्सलाई ८ विकेटले परजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १४९ रन बनाएको थियो। दिनेश कार्तिकले ५३ रन बनाएका थिए भने रविन्द्र जडेजाले ३६८ रनको योगदान दिएका थिए। गुजरातका स्टार खेलाडी ड्वेयन स्मिथ, ब्रेण्डन मकलम र एरोन फिन्चले खासै रन बनाउन सकेनन्। समिथले १५, मकलमले १ र फिन्चले ५ रन बनाएका थिए। दिल्लीका सहबाज नदिमले २ विकेट लिएका थिए।

गुजरातले प्रस्तुत गरेको एक सय ५० रनको लक्ष्य दिल्लीले १७ दशमलव २ ओभरमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । दिल्लीका रिसब पन्तले ४० बलमा ६९ तथा क्विन्टन डी ककले ४५ बलमा ४६ रन बनाए । गुजरातका शिभिल कौशिक र रविन्द्र जडेजाले एक एक विकेट लिए । हारपछि पनि ९ खेलमा ६ मा विजयी र तीनमा पराजित भएको गुजरात १२ अंकसहित शीर्ष स्थानमा कायम छ । सात खेलमा पाँचमा विजयी र दुईमा पराजित भएको दिल्ली १० अंकसहित दोस्रो स्थानमा छ ।

0 comments:

Post a Comment