संघीय गठवन्धनको आन्दोलनको स्वरुप परिर्वतन

By

काठमाडौं,जेठ ३ । सिंहदरबार घेराऊ गर्ने भन्दै माइतीघर मण्डला र हनुमान स्थानमा अड्डा जमाएर आन्दोलन गदैृ आएको संघीय गठबन्धनले आन्दोलनको स्वरुप परिर्वतन गरेको छ । गठवन्धनको सोमबार अपराहृन बसेको बैठकले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने निर्णय गरेको छ ।

माग सम्बोधन गराउन प्रधानमन्त्री केपी ओलीमाथि प्रत्यक्ष र प्रभावकारी दबाव दिन प्रधानमन्त्री निवास वालुवाटार घेराऊ गर्न लागिएको गठबन्धनले जनाएको छ । गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरुले मंगलबार वालुवाटार घेर्ने छन् ।

0 comments:

Post a Comment