पूर्वराष्ट्रपति मुसर्रफ भगौडा घोषित

By

इस्लामाबाद,बैशाख ३१ । पाकिस्तानको विशेष अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई भगौडा घोषणा गरेको छ। अदालतले अन्तिम सुनुवाइका क्रममा परवेज मुसर्रफलाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। उनलाई धरौटीमा छोड्न पनि नहुने अदालतको आदेश छ।

पाकिस्तानका पूर्वराष्ट्रपति एवं प्रधानसेनापति मुसर्रफमाथि राजद्रोहको मुद्दा चलिरहेको छ। अदालतले उनलाई अदालतमा पटक पटक उपस्थित हुन आदेश दिँदै आएको छ। उनले अदालतको आदेशलाई बेवास्ता गर्दै आएका छन्। अदालतले ३० दिनभित्र उनलाई अदालतमा हाजिर गराउन सरकारी अधिकारीलाई भनेको छ।

७२ वर्षीय मुसर्रफको हाल दुबईमा छन्। उनी स्वास्थ्यको कारण देखाउँदै पाकिस्तानबाट दुबई गएका हुन्। अदालतले मुसर्रफ भगौडा भएको जानकारी सार्वजनिक गर्न सरकारलाई अनुरोध गरेको छ।

सरकारले उनी भगौडा भएको भन्दै सञ्चारमाध्यममा विज्ञापन प्रकाशन/प्रसारण गर्नुपर्ने फैसला सुनाएको छ। उनी भगौडा भएको विज्ञापन प्रकाशित गरिएका पोस्टरहरू अदालत र सैनिक शासकका घरका बाहिर टाँस्न पनि आदेश दिएको छ। अदालतले अर्को सुनुवाइ १२ जुलाईमा गर्ने भएको छ।

उक्त सुनुवाइमा अभियुक्तको सम्पत्तिको सबै व्यहोरा प्रस्तुन गर्नुपर्ने भएको छ। यसका साथै संघीय जाँच एजेन्सी (एफआइए) ले मुसर्रफलाई ३० दिनभित्र अदालतमा उपस्थित गराउनुपर्ने छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments:

Post a Comment