‘सरकार परिर्वतन केटाकेटीको भाँडाकुटी खेल झैं भईसक्यो,यसलाई आश्चर्य नमानौ’- बाबुराम

By

काठमाडौं,बैशाख २२ । नयाँशक्ति नेपालको संयोजकडा बाबुराम भट्टराईले नेपालमा सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल झैं भएकोले यसलाई आश्चर्य मान्न नहुने बताएका छन् । एमाओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय बाहिरआएपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हुन् । प्रचण्ड निवास लाजिम्पाटमा बुधबार बिहानै बसेको एमाओवादी पदाधिकारीको बैठकले प्रचण्डको नेतृत्वमा सरकार निर्णय गरेको थियो ।

भट्टराईले फेसबुकमा लेखेका स्टाटस
सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल झैं नेपालका पुराना राजनीतिक शक्तिहरू ( वा पावर ब्रोकरहरू?)
को पुरानै जानेमानेको खेल हो! यसमा आश्चर्य मान्नुपर्न् केही छैन! खालि पात्र फेरिएका (थपिएका?) छन्, प्रवृत्ति उही हो!
दु:खद कुरा चाहिं ‘राष्ट्रियता’ जस्तो पवित्र कुरालाई यो फोहोरी खेलमा सधैं बली दिइन्छ!पहिले ओली सरकार बनाउँदा पनि ” राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमानको रक्षा” निम्ति रे! अहिले सरकार गिराउँदा पनि उही ” राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमानको रक्षा” निम्ति नै?
त्यसैले शायद भोल्टेयरले भनेका हुन्- ” हे भगवान्, मलाई मेरा मित्रहरूबाट बचाऊ! मेरा दुश्मनहरूको मुकाविला गर्न म आफै सक्षम छु!”

0 comments:

Post a Comment