‘पछिल्ला बहिनी नायिकाहरुसँग अवार्डमा प्रतिस्पर्धा गर्दिन’-रेखा थापा (भिडियो सहित)

By

काठमाडौं । यो बर्षबाट चलचित्र कलाकार संघले पनि अवार्ड दिने भएको छ । कलाकार संघमा अवार्डको मौसम सुरु भएको छ । बर्षमा करिब आधा दर्जन बढी चलचित्र सम्बन्धी अवार्ड हुनेछ । २१ विधामा अवार्ड आयोजना गर्न लागिएको र जसमा २० वटा विधा र एउटा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ हुने कलाकार संघले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानाकारी दिएको छ । जसको लागि असार १८ गतेको समय तोकिएको छ ।

एक जना चलचित्रकर्मीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ । काठमाण्डौको आर्मी अफिसर्स क्लबमा अवार्ड आयोजना हुने बताइएको छ । अवार्डको लागि नायिका रेखा थापाले भने भाग नलिने बताएकी छिन् ।

वुधबार ‘चलचित्र कलाकार संघ’ले आयोजना गर्न लागेको अवार्डको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै रेखाले पछिल्ला बहिनी नायिकाहरुसँग अवार्डमा प्रतिस्पर्धा नगर्ने बताएकी हुन् । रेखाले भनिन्( ‘म यहाँ शुभकामना दिन आएकी हुँ । पछिल्लो समयमा आएका बहिनीहरुसँग प्रतिस्पर्धा गर्नुभन्दा मेरो चलचित्रका अन्य कलाकारलाई प्रतिस्पर्धा गर्न पठाउँछु ।’

0 comments:

Post a Comment