पुनर्निर्माण गर्न दाताले दिएको रकम सरकारले ल्याउन सकेन

By

काठमाडौं,बैशाख २१ । भूकम्पपछिको पुनर्निर्माण गर्न बिभिन्न मुलुक तथा दातृ निकायद्वारा घोषित सहायताको एक चौथाइ मात्रै रकम ल्याउन सम्झौता भएको छ। भूकम्पपीडित नेपाललाई सहयोग गर्न नपाएकोमा दाताहरुले आफ्नो संसद तथा अन्य फोरममा आवाज उठाउँदा पनि नेपाल सरकारले पैसा ल्याउने सार्थक पहल गर्न नसकेको खबर आजको नयाँ पत्रिकामा सचेन गौतम र सविन मिश्रले खबर लेखेका छन्।

पुनर्निर्माणका लागि सहयोग जुटाउन गत वर्ष १० असारमा आयोजित पुनर्निर्माण सम्मेलनमा दाता राष्ट्र तथा निकायले चार अर्ब १० करोड अमेरिकी डलर अर्थात् चार खर्ब १० अर्ब रुफैयाँभन्दा बढी रकम दिने घोषणा गरेका थिए। तर, एक वर्ष बित्न लाग्दा पनि सरकारले जम्मा एक चौथाइ अर्थात् एक खर्ब २९ अबए रुपैयाँ मात्रै नेपाल ल्याउने प्रवन्ध मिलाएको छ।

दाता सम्मेलनमा सबैभन्दा धेरै एक अर्ब ४० करोड डलर सहयोग घोषणा गरेको भारतसँग २५ करोड डलरको मात्रै सम्झौता भएको छ। ७६ करोड ६९ लाख डलर सहयोग घोषणा गरेको चीनसँग पाँच करोड ८० लाख डलरको सम्झौता भएको छ। नेपाललाई सहयोग गर्ने सम्झौतामा दाताले हस्ताक्षर गरे पनि रकम आए–नआएको यकिन छैन। यसअघि अरू आयोजनाका लागि भएका यस्ता सम्झौताअनुसारको रकम पनि नेपालले ल्याउन सकेको छैन।

0 comments:

Post a Comment