काठमाडौं,बैशाख १७ । सत्तारुढ एकीकृत नेकपा माओवादीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकीकरण गर्ने उदेश्यसहित छलफल सुरु गरेको छ । जारी स्थायी समिति बैठकले वैद्य नेतृत्वको केन्द्रीय समितका बहुमत सदस्य आफ्नो पार्टीसँग एकता गर्न उत्साही भएको संकेत पाएलगत्तै एमाओवादीले एकता प्रक्रियाबारे बुधबारबाट औपचारिक रुपमै छलफल थालेको छ ।
पार्टी विभाजनभएपति अन्य पार्टीसँग एकता उदेश्यसहित एमाओवादीले गम्भीरताकासाथ बहस चलाएको यो पहिलो पटक हो । अन्य माओवादी दलसँग कसरी एकता गर्ने भन्नेबारे छलफल सुरु गरिएको स्थायी समित सदस्य जनार्दन शर्माले बताए । एकता प्रक्रियामा आउने माओवादी शक्तिलाई कसरी समायोजन र सम्मानजनक स्थान दिनेलगायतका विषयमा सैद्धान्तिक छलफल सुर गरिएको उनको भनाइ छ ।
समाजवादी क्रान्तिको तयारीमा जानुपर्ने दाहाल नेतृत्वको एमाओवादीको कार्यदिशा र जनवादी क्रान्ति गर्नुपर्ने जोड गर्ने अध्यक्ष वैद्यबीच अझै पनि सैद्धान्तिक सहमति जुट्न सकेको छैन । आजको नागरिक दैनिकमा खबर छ ।


0 comments:
Post a Comment