भूकम्पपीडित भोकै ! भूकम्पपीडितको ७९ लाख किलो चामल गोदाममा

By

काठमाडौं,बैशाख १७ । भूकम्पलगत्तै घरबारविहीन नेपालीलाई सहयोग पुर्‍याउन मित्रराष्ट्र बंगलादेशले ७८ लाख किलो चामल उपलब्ध गरायो। तर, आपत्का वेला छिमेकीले दिएको चामलसमेत जनतालाई बााड्न नसकेर सरकारले खाद्य संस्थानको तीनवटा गोदाममा थन्क्याइराखेको छ। त्यसैगरी चीनले पनि एक लाख किलो चामल दिएको थियो। त्यो चामल पनि खाद्य संस्थानको काठमाडौंको गोदाममा छ। भूकम्पपीडित भोकै रहादा पनि सरकार चामल कहिले कुहिएला भनेर पर्खिरहेको देखिन्छ। अन्तर्राष्ट्रिय सहयोगको चामल वितरण नगरी राख्दा कुहिएपछि विश्व खाद्य कार्यक्रमले पनि खाल्डो खनेर पुर्दै आएको छ। विश्व खाद्य कार्यक्रमले मंगलबार मात्रै सिन्धुपाल्चोकको इर्खुमा एक लाख ६० हजार किलो कुहिएको चामल खाल्डो खनेर पुरेको थियो।

यसअघि सो संस्थाले सिन्धुपाल्चोककै खाडीचौर र भीमटारमा मात्र होइन काभ्रे, धादिङ र गोरखामा पनि चामल नष्ट गरिसकेको छ। भूकम्पपछि देशभित्र आपूर्तिको सबै व्यवस्था मिलाउने जिम्मा वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिएको थियो। मन्त्रालयका तत्कालीन एक सहसचिवका अनुसार ढुवानी खर्च विवादले लामो समयसम्म राहतको चामल भन्सार कार्यालयमा नै अड्कियो। सरकारले राहत सामग्रीमा भन्सार छुट दिए पनि ढुवानी खर्च विवाद पछिसम्मै रहेको उनको भनाइ छ।

‘बंगलादेशबाट आएको चामल गोरखा लैजाने तयारी भएको थियो, तर ढुवानी खर्च हिसाब गर्दा त्यतै किनेर बाँड्दा सस्तो पर्ने देखियो,’ ती सहसचिवले भने, ‘ढुवानी भाडाको विवाद लामो समयसम्म चल्यो। हामीले टुंगो लगाउन सकेनौँ, चामल खाद्य संस्थानमा लगेर गोदाममा थन्क्याएका हौँ।’नयाँ पत्रिका दैनिकमा समाचार छ।

0 comments:

Post a Comment