एजेन्सी,चैत २४ । लुइस स्वारेजले दुई गोल गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनलको पहिलो लेगमा एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ। एक गोलले पछि परेको बार्सिलोनाले स्वरेजको गोलसँगै १० खेलाडीमा सिमित एथ्लेटिको मड्रिडलाई २-१ ले पराजित गरेको हो । २५ औं मिनेटमा फर्नान्डो टोरेसले गोल गर्दै एथ्लेटिको मड्रिडलाई सुरुवाती अग्रता दिलाएको थिए ।
३५ औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै टोरेस मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित भयो । पहिलो हाफमा १–० ले पछि परेको बार्सिलोनाका लागि ६३ औं मिनेटमा स्वारेजले बराबरी गोल फर्काए । त्यसको ११ मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै स्वारेजले बार्सिलोनालाई २–१ को जित दिलाए । क्टावरफाइनलको दोस्रो लेग भने अब आउँदो वैशाख दुई गते एथ्लेटिको मड्रिडको घरेलु मैदानमा हुनेछ।


0 comments:
Post a Comment