बैंकबाट ९ करोड ऋण लिई फरार भएका पक्राउ

By
क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीबाट ९ करोड ऋण लिइ नतिरी फरार भएका पुष्करराज खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, गागलफेदी ५ का खड्कालाई महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले पक्राउ गरेको हो ।
उनले बैंकबाट ऋण लिइ पारिवारिक हाउजिङ डेभलपमेन्ट प्रालि नामक कम्पनी स्थापना गरेका थिए । पछि रकम नतिरेर उनी फरार भएका थिए। पुनरावेदन अदालत पाटनले उनलाई दोषी ठहर गर्दै ३ वर्ष कैद र ९ करोड जरिवानाको फैसला सुनाइसकेको छ ।
Source : setopati.com

0 comments:

Post a Comment