कृष्ण के.सी, अमेरिका, हरेक दुई-दुई वर्षमा फरक फरक क्षेत्रमा हुने गैर-आवासीय नेपाली सङ्घको क्षेत्रीय सम्मेलन यो पटक अमेरिकामा हुने भएको छ । एनआरएन आइसिसीको बैठकद्वारा अगस्ट २७-२८, २०१६ मा अमेरिकामा गर्ने निर्णय गरे पछि उत्तर अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामा र क्षेत्रीय उपसंयोजक एसी शेर्पाले कार्यक्रम सफल बनाउन विभिन्न स्तरमा छलफल गर्नु भएको छ ।
एनआरएनले आफ्नो मिनी विश्व सम्मेलनको रूपमा लिइने यस्ता सम्मेलनमा अध्यक्षले नै अध्यक्षता गर्ने गरिएको छ भने विश्वभरिबाट एनआरएनहरुको सहभागीताहुने गर्दछ । हरेक क्षेत्रको गतिविधि, केही नितीगत कुरा र संस्थागत अरू कुरा पनि हुने गर्दछन् क्षेत्रीय सम्मेलनमा ।
क्षेत्रीय संयोजक लामाले कार्यक्रम गरिने ठाउँं न्यूजर्सी या न्युयोर्कमा गर्ने सहमति भैसकेको र होटलको टुङो लाग्ने बितिक्कै सबैलाई जानकारी गराइने बताउनु भएको छ । तर पनि सम्पूर्ण एनआरएनहरुलाई आगामी अगस्ट २७ र २८, २०१६ मा कार्यक्रममा सहभागी हुन आ-आफ्नो तयारी गर्न अनुरोध गर्नु भएको छ ।
तेसैगरी क्षेत्रीय उपसंयोजक एसी शेर्पाले कार्यक्रम सफलताका लागि गरिने विभिन्न तयारी सुरु गरिएको र छिट्टै अन्तिम स्वरूप आउने बताउनु भएको छ । कार्यक्रमको स्वरूप बारे छोटो जानकारी दिँदै उपसंयोजक शेर्पाले भन्नु भयो अरू क्षेत्रीय सम्मेलन जस्तै नै हो तर केही नयाँ दिन सकिन्छ कि भन्ने प्रयासमा छौँ ।
कार्यक्रमबारे एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले कार्यक्रम अमेरिकामा गर्ने निर्णय प्रति आइसिसी लाई धन्यवाद दिँदै यो अहोभाग्य लाई सफल बनाउन आफ्नो टिमले पूर्ण रूपमा लागि पर्ने बताउनु भयो । उपयुक्त ठाउँ कुन हुन्छ भनेर धेरै छलफल पनि गरिएको हो तर सबै भन्दा राम्रो न्यु योर्क र आसपास नै हुने देखिएकोले सोही अनुरूप तयारी गरिदै गरिएको बताउनु भएको छ । आगामी हप्ता एनआरएन क्यानडा गतिविधिबारे विशेष हुनेछ ।


0 comments:
Post a Comment