एजेन्सी,चैत २६ । बलिङ एक्सन सुधार भएको भन्दै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले वेष्टइण्डिजका अफ स्पिनर सुनिल नारायणमाथिको निलम्बन हटाएको छ । हालै उनको एक्सन जाँच गर्दा गैरकानुनी नपाईएपछि आइसीसीलेले उनिमाथिको प्रतिबन्ध हटाएको हो । अब उनले अन्तराष्ट्रिय तथा घरेलु म्याचमा बलिङ गर्न पाउनेछन् ।
२८ मार्चमा चेन्नईको श्री रामचन्द्र युनिभर्सिटीमा उनको बलिङ एक्सन फेरि चेक गरिएको छ, जहाँ उनको कुहिनो आइसीसीले तय गरेको मापदण्ड अनुसार १५ डिग्रीभित्र नै घुमेको पाइएको छ । तर, भविश्यमा अम्पायरले कुनै बेला उनको बलिङ एक्सनमा आशंका गरे फेरि छानविन हुने आइसीसीले बताएको छ ।


0 comments:
Post a Comment