टोटनह्याम बराबरीमा रोकिँदा लिसेस्टर सिटी उपाधि नजिक

By

एजेन्सी,बैशाख १४ । टोटनह्याम बराबरीमा रोकिँदा लिसेस्टर सिटी उपाधि नजिक पुगेको छ । दोस्रो स्थानको टोटनह्याम सोमबार राति भएको खेलमा वेष्ट ब्रोमसँग १–१ को बराबरीमा रोकिएपछि लिसेस्टरको उपाधि जित्ने सम्भावना थप बलियो भएको हो ।

टोटनह्याम बराबरीमा रोकिएसँगै लिसेस्टर सिटीले ७ अंकको अग्रता लिएको छ । लिसेस्टर सिटीले आउँदो आइतबार म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । यो खेलमा युनाइटेडलाई हराउन सकेन लिसेस्टरले दुई खेल बाँकी हुँदै उपाधि पक्का गर्ने छ । लिसेस्टरको ७६ तथा टोटनह्यामको ६९ अंक छ ।

0 comments:

Post a Comment